Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“तिनाउ नदीमा जल सतहले खतराको तह पार गर्‍यो”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १६ २०८०
  • 1.4K
    SHARES

काठमाडौँ । तिनाउ नदीमा जल सतहले खतरा तह पार गरेको छ । बाढी बढ्ने क्रममा रहेको छ । तिनाउ जलाधारमा थप वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीको सतह बढ्दो क्रममा रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने महाशाखाले जनाएको छ । त्यसैले होचा स्थानमा हुनेहरूले दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको वर्षा हुने क्रम बढ्दै गएको छ ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सतह ६.८८ मिटर पुगेको छ । जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ । पछिल्लो तीन घण्टायता तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासको क्षेत्रमा भारी वर्षा भई रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल सतहले खतराको स्तर पार गरेकाले तिनाउ नदीको तटीय क्षेत्रमा आज दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउ महाशाखाले आग्रह गरेको छ ।

tinau 1

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४