Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की, यस्तो छ अंकगणित ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १४ २०८०
  • 2.4K
    SHARES

काठमाडौँ । माओवादीले सरकार छाडेपछि अल्पमतमा परेका कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिदिन सूचित गराएका हुन् ।

सचिव पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसबन्धी अध्यादेश पेस गर्ने, मुख्यमन्त्री कार्कीले विश्वासका मतका लागि प्रस्ताव राख्नेलगायत छन् । बिहीबार बिहान ११ बजे बोलाइएको कार्य व्यवस्था परामर्श समितिले बैठकको कार्यसूचीको अन्तिम टुंगो लगाउनेछ ।

मत पाउनेमा कार्की ढुक्क

विश्वासको मत पाउनेमा मुख्यमन्त्री कार्की ढुक्क देखिएका छन् । बुधबार नेकपा एमाले संसदीय दलको बैठक सहभागी हुने क्रममा पत्रकारसँग कुरा गर्दै उनले आफूले विश्वासको मत लिने बताएका हुन् ।

विश्वासको मतोलागि भोली नै समय तय गरिएको कार्कीले जानकारी दिए । आफूले विश्वासको मत नपाउने भन्ने सम्भावना नै नभएको बताएका कार्कीले अहिलेसम्म एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत पक्षमा हाल्ने निर्णय गरेको र भोलीसम्ममा अन्य दलहरू मध्येको कोही विश्वासको मत दिन तयार हुने कार्कीले बताए । गठबन्धन दलका नेताहरू एक भएको र विश्वासको मत प्राप्त गर्न नदिने निर्णय गरेको बारेमा पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री कार्कीले त्यहाँ एक दुई दल बाहेक अरू दलको नेता नै नभएको स्पष्ट पारे । उनले अहिलेको अवस्थामा विश्वासको मत प्राप्त गर्न कुनै समस्या नहुने पनि बताएका छन् ।

अंकगणित
कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ जना प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । कांग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको लागि पहल गरिरहेको छ ।

नेतृत्व लिने भन्नेमा अन्योल

यदि मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए वा राजीनामा दिए नयाँ सरकार नेतृत्व कसले गर्ने भन्ने अन्योल छ । कांग्रेस र माओवादी आलोपालो नेतृत्व लिनुपर्ने पक्षमा छन् तर पहिले आफैँले सरकारले चलाउनुपर्ने दाबी दुवै दलले गरिरहेका छन् ।

कांग्रेस र माओवादी दुवै दलले आ-आफ्नो पार्टीका शीर्ष नेताहरूलाई सरकारको नेतृत्वका लागि दबाब दिइरहेका छन् । कांग्रेसका सांसदले पार्टी सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता र माओवादीका सांसदले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटिसकेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४