Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यो संसद होइन, नाटकघर रहेछ : सीके राउत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १३ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं सांसद सीके राउतले नेपालको संसद खासमा संसद नभएर नाटकघर भएको टिप्पणी गरेका छन् । एक महिनादेखि संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको र उक्त छलफलमा बजेटको चरम विरोध गरेका सांसदहरुले नै जस्ताको तस्तै बजेट ताली बजाएर बजेट पारित गरेको प्रति उनले आश्चर्य जनाएका छन् ।

आफैँले विरोध गर्ने र आफैँले पारित गर्ने भएकोले यो संसद नभएर नाटकघर भएको उनको भनाइ छ ।

उनी लेख्छन्, ‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड्काएर सांसद्हरूले आफैँले पारित गरे । जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो । तर दुर्भाग्य… सांसद्हरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटंकी न हो। यो संसद् नभएर नाटकघर मात्रै हो। सांसद्हरू भाषण गर्छन्, रोष्ट्रममा पुगेर जोरजोरले चिच्चाउँछन्, आँसु पनि चुहाउँछन, फगत सबै देखाउनका लागि मात्र, जनतालाई मनोरञ्जन गर्नका लागि मात्र ।’

सिद्धान्तको राजनीति सार्‍है महँगो हुने पनि उनले बताएका छन् ।

उनी लेख्छन्, ‘योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदबारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो यातना पनि भोग्नु पर्ने हुन्छ । तैपनि ढुक्क हुनुहोस्, हामी सरकारबाट दिएको लाख प्रताडना सहन तयार छौँ तर जनमत पार्टी जनतासँग उभिरहनेछ, आफ्नो सिद्धान्तमा अडिग रहनेछ ।
धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४