Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाबाट आज बजेट पारित गराउने सरकारको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १३ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । सरकारले बुधबार प्रतिनिधिसाबाट आगामि आर्थिक वर्षको बजेट पारित गराउने भएको छ ।

बिहान ११ बजे सङ्घीय संसद भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेकाे छ ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक पेश गर्नुभएको बजेट बुधबार पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ ।

सत्तारुढ दलहरुबाटे बजेट संसोधन गर्न र राष्ट्रिय श्रोतको न्यायोचित वितरण गर्न आवाज उठे पनि बजेटमा अहिलेसम्म कुनै संशोधन गरिएको छैन । मंगलबार साँझ कांग्रेस, माओवादी, नेकपा एस र जसपाका नेताहरुबीच बालुवाटारमा भएको छलफलमा असन्तुष्टी सम्बोधन गर्ने सहमति भएको बुझिएको छ ।

तर, असन्तुष्टि सम्बोधन कसरी गर्ने भन्ने खुलाइएको छैन । प्रधानमन्त्री दाहालले बजेट पारित गर्न सत्ता घटका सबै दलहरुलाई आग्रह गर्नुभएको थियो । बजेटप्रति असन्तुष्टि जनाउँदै आएका नेकपा एस, जसपा र जनमत पार्टीको संसदीय दलको बैठक बुधबार बिहान बस्ने तयारी छ ।

नेपाली कांग्रेस र माओवादीले भने मैगलबार नै बजेट पारित गर्न ह्वीप जारी गरिसकेका छन् । बजेटमाथि संसदमा १६ दिनसम्म छलफल भए पनि कुनै उपलब्धि नभएको भन्दै सांसदहरुले नै असन्तुष्टि जनाईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४