Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिनाथको गर्भगृहमा पुनः जलहरी राख्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १२ २०८०
  • 1.6K
    SHARES

काठमाडौँ । पशुपतिनाथ मन्दिरको गर्भगृह अर्थात् ज्योतिर्लिंगमा पुनः जलहरी राख्ने तयारी भएको छ । पशुपति क्षेत्र विकास कोषको कार्यालयका अनुसार बिहीबारसम्ममा सुनको जलहरी पुनः गर्भगृहमा राख्ने तयारी भइरहेको हो ।

जलहरी निकाल्ने बेलामै क्षमापूजा गरिसकिएकाले अब पुनःस्थापित गरिने छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले सुनको जलहरी निकालिए पनि नियमित पूजा आराधना सुरु भएको बताए । ‘गर्भगृहबाट जलहरी निकाल्ने र नापजाँच गर्ने बेलामा पूजा रोकिएको थियो । सोमबार बिहानदेखि नियमित पूजा सुचारु छ,’ उनले भने ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया टुङ्ग्याएपछि मात्रै जलहरीको विषयमा बोल्न मिल्ने बताए । उनले भने, ‘आयोगको प्रतिवेदन आएपछि यो विषय टुङ्गिन्छ । अहिले हामीले केही बोल्न मिल्दैन ।’

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ । पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो । जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो ।

अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ । यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको छैन । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान कार्य चलिरहेकाले अन्तिम निष्कर्ष नआई केही नबोल्ने बताए । ‘के-के हुँदै छ, अनुसन्धान अधिकृतलाई मात्रै थाहा हुन्छ । अन्तिम निष्कर्ष आएपछि हामी भन्छौँ, उनले भने ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सुनचाँदी महासङ्घको विज्ञ टोली, खानी तथा भू-गर्भ विभागका प्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको निगरानीमा जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ । जलहरी राखिएको स्थानमा नेपाली सेनाले पहिलो घेरामा सुरक्षा प्रदान गरिरहेको छ । दोस्रो घेरामा सशस्त्र प्रहरी बलको टोली छ ।

नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले पनि सुरक्षा प्रदान गरिरहेका छन् । उक्त स्थानलाई सिसिटिभीबाट निगरानी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४