Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्याय परिषद्को बैठक आज दिउँसो बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । उच्च अदालतमा रिक्त रहेका ४१ न्यायाधीशको पदपूर्तिका लागि सोमबार न्याय परिषद्को बैठक बस्ने भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि बैठक बस्ने भएको छ । हाल उच्च अदालतका ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ । तर, यसअघि बनेको कार्याविधिका आधारमा सोमबार २७ जना न्यायाधीश नियुक्ति हुने संभावना रहेकोे छ ।

नियुक्त हुनेहरु मध्ये आधा जिल्ला न्यायाधीशबाट, २५ प्रतिशत न्याय सेवाबाट र २५ प्रतिशत कानुन व्यवसायीबाट नियुक्त गर्ने तयारी रहेकोे छ ।

उच्च अदालतमा न्यायाधीश बन्न जान इच्छुक २५ जना अधिवक्ताको सूची न्याय परिषद्ले तयार पारिसकेको छ । बाँकी १४ जना र त्यसपछि रिक्त हुने न्यायाधीशको हकमा सर्ट लिस्ट तयार नभइसकेको बुझिएको छ ।

हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त भएपछि पहिलो पटक न्याय परिषद्को बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४