Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिको जलहरीमा प्रयोग भएको सुनको परीक्षण सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरीमा प्रयोग भएको सुनको नापतौल र गुणस्तर परीक्षण सकाएको छ ।

अख्तियार टोलीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, महानगरपालिकाका जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको आइतबार अपरान्ह शिवलिङ्गबाट जलहरी निकालेर नापतौल तथा परीक्षण गरेको हो ।

सीसीटीभी समेत जडान गरी गरिएको नापतौल र परीक्षण राती १ बजे सम्पन्न भएको थियो । पशुपति क्षेत्र विकास कोष सम्वद्ध स्रोतका अनुसार जलहरी तथा जलहरीमा लगाइएको दुई थान पेटिकामा समेत गरी जम्मा एक सय ६ दशमलव ४३२५ किलो सुन रहेको पाइएको छ ।

यस्तै, जलहरी कस्नलाई बनाइएका काँटीको तौल १ दशमलव ३७५ किलो रहेको पाइएको छ । सुनको गुणस्तर भने २२ क्यारेटको रहेको स्रोतले जनाएको छ । जलहरीमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन पर्यटन, सँस्कृति तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललगायत १३ जनाको नाम कुँदिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुन मध्ये ११ किलो सुनको हिसाब नदेखिएको प्रश्न उठाएपछि विवाद चर्किएको थियो ।

२०७७ साल माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न लगाउनु भएको थियो । पशुपति क्षेत्र विकास कोषको ५० करोड र नेपाल सरकारको ३० करोड रुपैयाँको लगानीमा नेपाल राष्ट्रबैंकबाट १ सय ३ किलो ७७३ ग्राम सुन किनेर जलहरी राखिएको थियो ।

उक्त सुनमा तामा, चाँदी र जिङ्क मिसाएर जलहरी बनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४