Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनापति गाउँपालिकाले ल्यायो ५४ करोड ७८ लाखको बजेट,


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १० २०८०
  • 1.9K
    SHARES

काठमाडौँ  । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०। ०८१ को लागि ५४ करोड ७८ लाखको बजेट ल्याएको छ । आज भएको १३ औं गाउँसभाले यस आर्थिक बर्ष भन्दा ८ करोड घटाएर बजेट ल्याएको हो । यस आर्थिक बर्षमा गाउँपालिकाले ६० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले आगामी आर्थिक बर्षको लागि गाउँपालिकाले दुई वटा गाउँपालिका गौरवको योजना समावेश गरेको जानकारी दिएका छन्  ।

उनका अनुसार वडा नम्बर १ गुन्सीको वडा कार्यालय आसपासको सडक ढलान एवं स्तरउन्नती र वडा नम्बर २ को दिमीपोखरीको वडा कार्यालय आसपासको क्षेत्रमा पूर्वाधार निर्माणमा लगानी गरिने छ । यस आर्थिक बर्षमा गाउँपालिकाको वडा नम्बर ४ बेथानमा खानेपानीको अभाव सम्बोधन गर्न पालिकाले गौरवको खानेपानी योजना सञ्चालन गरेको छ ।

त्यसैगरी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ हिलेदेवीमा गाउँपालिकाको लगानीमा नै पालिकाको केन्द्र आसपासको क्षेत्रमा यस बर्ष १ किलोमिटर सडक कालोपत्रे सम्पन्न हुने भएको छ । वडा नम्बर ५ खनियापानीको लुभु खनियापानी हुँदै डाँसे सडक खण्ड कालोपत्रे भएको छ । अध्यक्ष तामाङले गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष कोषमा बजेट नराख्ने गरी बजेट बनाइएको जानकारी दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४