Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम : सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १० २०८०
  • 4K
    SHARES

काठमाडौँ । रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, लक्षित वर्ग, सामाजिक समावेशीकरण र बालमैत्री नगर घोषणा कार्यक्रम, रोजगारी सिर्जना र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरप्रमुख लव श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा नगरका प्रमुख सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने, एक वडा एक उत्पादनको नीति अनुरुप पकेट बालीहरू मार्फत व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने, दूध बिक्री बात किसानलाई दिइँदै आएको प्रति लिटर दुई रुपैयाँ अनुदानलाई बढाएर दुई रुपैयाँ पचास पैसा पु¥याउने उल्लेख छ ।

नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ४ करोड ५७ लाख ९२ हजार ८३७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभाको १३ औँ नगर अधिवेशनमा नगरप्रमुख लव श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा नगरका प्रमुख सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने, एक वडा एक उत्पादनको नीति अनुरुप पकेट बालीहरू मार्फत व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने, दूध बिक्री बात किसानलाई दिइँदै आएको प्रति लिटर दुई रुपैयाँ अनुदानलाई बढाएर दुई रुपैयाँ पचास पैसा पु¥याउने उल्लेख छ ।

आधारभूत तहमा विद्यालय उमेर (५–१२) वर्षका सम्पूर्ण बालबालिकाहरूलाई विद्यालयमा ल्याउने, टिकाउने र सिकाउने वातावरण सिर्जना गरी भर्नाको सुनिश्चित गर्ने, नगरवासीलाई नगरभित्रै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न १५ शय्याको मन्थली अस्पताललाई ५० शय्याको अस्पतालमा विस्तार गर्न प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसै गरी छोरीको जन्मलाई प्रोत्साहित गर्न छोरी बचत प्रोत्साहन कार्यक्रम, वडा स्तरबाट नै अनलाइन प्रविधिबाट व्यक्तिगत घटना दर्ताको व्यवस्था गर्ने र नगर–वडा साझेदारी विकास निर्माणमा बराबरीको नीति अनुसार ५०÷५० प्रतिशतमा वडाबाट प्रस्ताव गरेका एउटा वडा बराबर एउटा ठुलो आयोजनालाई १५ लाख बजेट थप गरी कार्यान्वयन गर्ने उल्लेख छ ।

२०८१ जेठ महिनासम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्न बालकोष स्थापना गर्न विभिन्न निकायसँग समन्वय र सहकार्य गर्ने, नगरभित्र नै कृषि तथा पशु प्राविधिक जनशक्ति उत्पादन तथा परिचालनका लागि कृषि र भेटेरिनरी विषयमा (डिप्लोमा) अध्ययनका लागि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै थप १४ जनालाई छात्रवृत्तिको व्यवस्था गर्ने लगायतका कार्यक्रमहरू समावेश गरिएको छ । नगरपालिका भित्रका विद्यालयहरूमा कक्षा एक देखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन नीतिलाई प्रभावकारी बनाउँदै कक्षा ६ देखि ८ सम्म अङ्ग्रेजी, गणित र विज्ञान विषयका न्यूनतम शिक्षक दरबन्दीको सुनिश्चित गर्ने, पानीका मुहान संरक्षण गरी पुराना आहाल, पोखरी र रिचार्ज पोखरीहरूको निर्माण तथा सुधार गर्ने कार्यक्रमहरू नगरको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगरसभामा मन्थली नगरकी उपप्रमुख ईश्वरी बस्नेतले एक अर्ब ४ करोड ५४ लाख ९२ हजार ८३७ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ४५ करोड ९३ लाख ९२ हजार ७८७ (४३.९४) प्रतिशत र पुँजीगत तर्फ ५८ करोड ६१ लाख ५० रुपैयाँ (५६.०६) प्रतिशत रहेको छ । उपप्रमुख बस्नेतले प्रस्तुत गर्नुभएको नगरको बजेटमा आगामी वर्ष मालपोत रजिस्टेशन शुल्क ९० लाख रुपैयाँ सहित नगरपालिकाले पाँच करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४