Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो : रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ७ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले नेपाली समाज परिवर्तनका लागि तयार भएको आफूहरुले पाएको बताए ।

पार्टी सुरुवात गर्दा नागरिकले आफूहरुलाई विश्वास गरेको तर उक्त विश्वास मतपत्रमा देखिन्छ वा देखिदैन भन्ने आशंका रहेको पनि उनले बताए ।

‘तर साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जाहेर गर्छ भन्ने कुराको एउटा स्पष्ट संकेत, हाम्रो भाषामा घन्टी बजि नै सकेको छ’ लामिछानेले भने, ‘यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको जानकारी गराउँछु ।

सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताए ।

आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४