Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजेट संशोधन नभए पास हुन दिँदैनौं : सिके राउत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ४ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा. राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुने गरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताउनुभएको हो ।

उहाँले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान माग गर्नुभयो । अध्यक्ष राउतले उहाँले सुझावसहित बजेट संशोधनको प्रश्ताव कार्यान्वय नभएपनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको बताउनुभयो । उहाँले एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरु आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने जिकिर गर्नुभयो ।

अध्यक्ष राउतले सरकारले सांसदहरुका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई रहेको भन्दै सत्तापक्ष र प्रतिपक्षका संसदहरुले आफ्नो अधिकार उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले मधेस प्रदेश भन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको विनियोजन भएको भन्दै जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा बजेट निर्धारण गर्नेगरी संशोधन हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४