Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढी पहिरोमा ७ जनाको मृत्यु भएको पुष्टि, २८ बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ४ २०८०
  • 3.9K
    SHARES

काडमाडौं। अविरल वर्षासँगै कोसी प्रदेशका हिमाली र पहाडी जिल्लामा आएको बाढी पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको छ । ती घटनामा परी ९ जना घाइते भएको पुष्टि भएको छ । २८ जना अझै हराइरहेका छन् ।

मृत्यु हुनेमा ताप्लेजुङमा ३, पाँचथर २, भोजपुर र सङ्खुवासभामा एक एक जनाको मृत्यु भएको छ । ती मध्ये पहिरोले पुरेर मृत्यु भएको ५ जना छन् । दुई जनालाई खोलाले बगाएको मन्त्रालयले जनाएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम-८ का ३२ वर्षीय मन्दीप राई, सङ्खुवासभाको पाँचखपनका-९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ-४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा-६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् ।

शनिबार रातिदेखिको अविरल वर्षापछि हिमाली र पहाडी जिल्लामा बाढी पहिरो गएपछिको उत्पन्न परिस्थिति मूल्याङ्कन गरी राहत तथा उद्धारको कार्य अघि बढाइने मन्त्रालयका प्रवक्ता तथ्य उपसचिव अर्जुन निरौलाले जानकारी दिए । उनले भने, ‘प्रदेश मन्त्रीस्तरीय छलफलपछि राहत तथा उद्धार कार्य अघि बढाउने तयारी भएको छ ।’

आइतबार कोसी प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी क्षतिको विवरण लिई राहत उद्धार सुरु गरिने निर्णय भएको निरौलाले जानकारी दिए । आइतबार नै कोसी प्रदेशका खानेपानी, सिचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित टोलीले बाढी पहिरो प्रभावित जिल्लाको हेलिकोप्टरबाट अनुगमन गरेको थियो ।

बाढीका कारण मेचीराजमार्ग अन्तर्गतका विभिन्न पुलमा क्षति पुगेको छ । यसैगरी निर्माणाधीन र निर्माण सम्पन्न हाइड्रो पावर कम्पनीहरूको संरचनामा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४