Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कार पीडित किशोरीलाई कैद सजायँ सुनाइएको फैसला उच्च अदालतले उल्ट्यायो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ४ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । बलात्कारसँग सम्बन्धी मुद्दामा बयान फेरेको भन्दै एक किशोरीलाई साढे ३ वर्ष कैद सुनाउने जिल्ला अदालत अछामको फैसलालाई उच्च अदालत दिपायलले उल्ट्याएको छ ।

उच्च अदालतले आरोपितले सफाइ पाउने जिल्ला अदालतको फैसलालाई सदर गरेपछि पीडित किशोरीलाई सजाय गर्ने जिल्ला अदालतको राय उल्ट्याएको हो ।

१० फागुन २०७८ मा आफूमाथि बलात्कार भएको भन्दै अछाम कमलबजारकी १९ वर्षीया एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसका आधारमा जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

अदालतमा भने ती किशोरीले आफूमाथि बलात्कार नभएको भन्दै बयान गरेकी थिइन् । बयान फेरेको भन्दै जिल्ला न्यायाधीश नवीनकुमार जोशीले किशोरीलाई साढे ३ वर्ष कैद सजाय सुनाएका थिए । विवादास्पद फैसलापछि उनी सर्वोच्चमा तानिएका थिए ।

त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतका न्यायाधीशहरु देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले पीडितमाथिको सजाय उल्ट्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४