Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिकिलो ४ रुपैयाँमा पनि नबिकेपछि कालीमाटीमा फ्याँकियो गोलभेँडा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ३ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । कालीमाटी तरकारी बजारका व्यापारीहरूले उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फ्याँकेका छन् । आइतबार बजारमा खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरूले बजार परिसरभित्र गोलभेँडा फ्याँकेका हुन् ।

     

कालीमाटी थोक तथा खुद्रा बजार समितिकाअनुसार आइतबार बिहान करिब ३० हजार किलो गोलभेँडा सडकमा फ्याँकेर विरोध गरिएको छ । कालीमाटी बजार विकास समितिले आइतबारका लागि सानो गोलभेँडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ ।

तर,काठमाडौँमा खुद्रा बजारमा प्रतिकिलो न्यूनतम ३० रुपैयाँसम्म गोलभेँडा बिक्री भइरहेको छ । कालीमाटीकै केही तरकारी व्यापारीहरूले भने मूल्य बढाउन यसो गरिएको आशंका गरेका छन् ।

गोलभेँडा फालेका व्यापारीहरूले भएन किलोको ४ रुपैयाँमा पनि गोलभेँडा बिक्री नभएको दाबी गरेका छन् । यसअघि केही महिना अघि उचित बजार मूल्य नपाएको भन्दै चितवनका किसानले पनि गोलभेँडा सडकमा फ्याँकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४