Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशी र गण्डकीमा आज पनि भारी वर्षाको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ३ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार गत २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ । ‘गत चौबीस घण्टामा ताप्लेजुङको दोभान स्टेसनमा ५५.२ मिलिमिटर र ताप्लेजुङ स्टेसनमा ५१ मिलिमिटर वर्षा मापन भएको छ, यो भनेको भारी वर्षा हो,’ मौसमविद लामिछानेले भने, ‘आज पनि कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।’ अन्त भारी वर्षाको सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ । ताप्लेजुङको सिदिङ्वा–६ मेहेलेमा एकै परिवारका तीनसहित चार जना पहिरोमा परी बेपत्ता भएका छन् । सडक, पुल लगायतका संरचनामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी राजन लिम्बुका अनुसार ताप्लेजुङको आकाश बादलले आज बिहान पनि पूरै ढाकेको छ । ‘बादलले डम्मै ढाकेको छ, फेरि पनि ठूलो पानी पर्छकी जस्तो देखिन्छ,,’ उनले भने ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको थियो । मौसमविद सन्जिब अधिकारीका अनुसार पाँचथरको फिदिममा गत १२ घण्टामा ४१.८ मिलिमिटर र तेह्रथुममा ३१.४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । पाँचथरमा पनि पाँच जना बेपत्ता छन् भने केही घर बगेका छन् ।

आज पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यसैगरी कोशी प्रदेशकै तराईका भूभागका साथै देशका अन्य पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी, मधेश र बागमती प्रदेशमा मनसुन एक्टिभ हुँदा पश्चिमतिर भने मनसुनी प्रणाली विस्तारै सर्ने क्रममा छ । पानी पार्ने मनसुनी प्रणाली दुई–चार दिनपछि पश्चिमतिर सर्ने सम्भावना छ । लुम्बिनी प्रदेशको विशेष गरी पश्चिमी भूभाग र सुदूरपश्चिम प्रदेशको तराईका भूभागहरुमा आज तापक्रम घट्ने देखिन्छ । तर लुम्बिनीको पूर्वी भागमा भने तापक्रम यथावत नै रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४