Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहरी विकासमन्त्री गुरुङद्वारा फोहोर प्रशोधन केन्द्रको अनुगमन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गर्नु भएको छ ।

शनिबार बिहान आफ्ना मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर गुह्येश्वरी पुग्नु भएकी मन्त्री गुरुङले सो प्लान्टको अनुगमन गर्नु भएको हो ।

सो प्लान्टको राम्रो पक्षको प्रचार–प्रसार गर्न र प्लान्ट निर्माणको क्रममा भएका गल्ती कमजोरीहरु फेरी दोहोरिन नदिनका लागि आफूले सो प्लान्टको अनुगमन गर्नु परेको मन्त्री गुरुङले बताउनुभयो । उहाँले सरकारले अन्य ७ वटा त्यस्तै, खालको प्लान्टहरु पनि निर्माण गर्ने चरणमा रहेकाले त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन पनि यस प्लान्टबाट सिकेर अघि बढनु उपयोगी हुने समेत स्पष्ट पार्नु भयो ।

मन्त्री गुरुङले सो प्लान्टबाट मात्रै बागमती नदीको पानी सफा हुन्छ भन्ने सोचाई राख्न नहुने पनि बताउनुभयो । सो पानीलाई फोहोर बनाउने ढललगायतका अन्य बस्तुहरुको पनि उचित व्यवस्थापन गरेर मात्रै बागमती नदीलाई सफा राख्न सकिने उहाँको भनाई थियो ।

मन्त्री गुरुङलाई सो प्लान्टबारे अधिकार सम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिका पदाधिकारीहरुले जानकारी दिएका थिए ।

सरकारले काठमाडौंको बागमती नदीलाई सफा राख्नका लागि फोहोर पानी प्रदुषण प्रशोधन प्लान्टको निर्माण कार्यक्रमलाई चरणवद्ध रुपमा अघि बढाउने गरी आवश्यक नीति तथा कार्यक्रम र बजेट तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४