Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘प्रमाण लोप गर्ने र पीडित असुरक्षित हुने जोखिम छ, आरोपितहरुलाई थुन्नुपर्छ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको थुनछेक बहसका क्रममा सरकारी वकिलहरुले आरोपितहरुलाई थुनामै राखेर मुद्दाको अनुसन्धान अघि नबढाउने हो भने अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउन कठिन हुने जिकिर गरेका छन् ।

थुनछेक बहसमा जवाफी जिकिर गर्दै सरकारी वकिल र जाहेरवालाहरुका कानून व्यवसायीहरुले पीडित असुरक्षित बन्ने र प्रमाण लोप हुने सम्भावना उच्च भएकाले आरोपितहरुलाई थुनामै राख्नुपर्ने माग गरेका छन्  ।

सहन्यायाधिवक्ता एवं सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले प्रमाण नष्ट भएका उदाहरणहरु पेश गर्दै आरोपितहरुलाई धरौटीमा छाड्न नहुने बताए । ‘टोपबहादुर रायमाझीले आफू पक्राउ हुने निश्चित भएपछि मोाबाइल नै फाल्नुभयो, त्यसले कयौ प्रमाण नष्ट भयो । बालकृष्ण खाँणले सचिवले पठाएको कागज च्यातेर प्रमाण नष्ट गर्न खोज्नुभयो । योभन्दा अर्को उदाहरण के चाहियो ?’ उनले भने, ‘राज्यलाई नै असफल बनाउन खोज्ने यो अपराधलाई सामान्य ठगी वा लेनदेनको मुद्दा सम्झिन मिल्दैन । आरोपितहरु थुनिनुपर्ने अवस्थामा छन् ।’

उनले भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयानलाई उद्धृत गर्दै ‘राज्यका उच्चपदस्थ व्यक्तिहरुको संलग्नता र उपस्थितिमा घटना भएका’ले पनि आरोपितहरुलाई धरौटीमा छाड्न नमिल्ने बताएका छन्  । आरोपितहरुले के काम गरे, कसरी ती काम गरे र त्यसबाट के असर पर्यो भन्नेबारे समग्रतामा हेर्नुपर्ने भन्दै उनले थपे, ‘ठगी र दुई व्यक्तिहरुले लेनदेन सम्झेर यस्तो गम्भिर सवाललाई हल्का विषय भन्न मिल्दैन ।’

अधिवक्ता स्वागत नेपालले नेताहरु बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतको संलग्नता र योजनामा यो काम भएको भन्दै आरोपितहरुलाई छाड्दा जाहेरीकर्ताहरुको ज्यानमाथि नै असुरक्षा हुने दावी गरेका छन्  । उनले भने, ‘कतिपय व्यक्तिहरु जाहेरी दिन डराएर बसेका छन्, ‘उनीहरुमाथि न्यायका लागि पनि आरोपितहरु थुनामा रहनुपर्छ ।’

बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले आफ्नै सहपाठी बालकृष्ण खाँणविरुद्ध बहस गर्न आउँदा दुःख लागेको बताएका छन्  । उनले भने, ‘यो अपराध रोकेर उहाँले आफ्नो चरित्र उचो बनाउनुपर्ने थियो, तर उल्टो गर्नुभयो । राज्यको आवरणमा हुने आतंक रोक्न पनि आरोपितहरुलाई थुनामा राख्नुपर्छ ।’

सरकारी वकिलहरु निर्मला मरासिनी, महेश खत्री, लक्ष्मण घिमिरे लगायतले संगठित अपराधको नयाँ उदाहरणको रुपमा यो मुद्दालाई अघि सार्दै यस्तो अवस्थामा प्रत्यक्ष प्रमाण भेटिन निकै चुनौती हुने बताए । उनीहरुले अहिले भेटिएको प्रमाणले नै घटनाको पुष्टि गर्ने यथेष्ट आधार रहेको भन्दै आरोपितहरुलाई थुनामा राख्न माग गरेका छन्  ।

सरकारी वकिल र जाहेरीवालाहरुको समेत जवाफ सुनिसकेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आफू उठेको संकेत गरे । इजलासमा रहेकाहरुलाई भने, ‘अब केही समय पर्खनुपर्ला ।

त्यसपछि उनी आफ्ना सहयोगीहरुलाई बोलाएर चेम्बर(न्यायाधीशको कार्यकक्ष)तिर लागे । आदेश नआउञ्जेल आरोपितहरुलाई प्रहरीको सुरक्षा घेरामा इजलासमा नै राखिनेछ । केही घण्टामा इजलासले आदेश सुनाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४