Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फका कानून व्यवसायीको थुनछेक बहस सकियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ३२ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारि थुनछेक बहसमा प्रतिवादी तर्फका कानून व्यवसायीको बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको ईजलासमा जारि थुनछेक बहसमा आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा कानून व्यवसायीले प्रतिरक्षा बहस गरेका हुन ।

प्रतिवादीतर्फका कानून व्यवसायीको प्रतिरक्षा बहस सकिएसँगै शुक्रबार सरकारी वकीलले जवाफी बहस गर्ने छन् । सरकारी वकीलको जवाफी बहस सकीएपछि शुक्रबार नै जिल्ला न्यायाधीश न्यौपानेको ईजलासले पुर्पक्षको लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश गर्ने छ ।

शरणार्थी नेता रिजालको तर्फबाट प्रतिरक्षा बहस गर्दै कानून व्यवसायीहरुले रिजाल जेष्ठ नागरिक र दीर्घ रोगी समेत भएकोले थुनामा राख्न नहुने जिकीर गर्दै साधारण तारेखमा छोड्नु पर्ने माग गरेका छन् । यस्तै, भुटानी शरणर्थीको समस्या समाधानको लागि गठित कार्यदलले २ वटा फरक फरक प्रतिवेदन बनाई एउटा गृहमन्त्रालय र अर्को बाहिर अरुलाई नै बुझाएको दाबी प्रतिवादी रिजालको कानूनव्यवसायीको छ । दुवै प्रतिवेदनमा कार्यदलको सही र छाप भएको जिकीर गर्दै दुबै प्रतिवेदन सक्कल प्रमाणित हुने तर्क कानूनव्यवसायीको छ ।

यस्तै, अर्का प्रतिवादी हरिभक्त महर्जन र लक्ष्मी महर्जनको तर्फबाट प्रतिरक्ष बहस गर्नुभएका अधिवक्ता प्रकाश महर्जनले आफ्नो पक्ष निर्दोष भएको तर्क गर्दै प्रहरीको अनुसन्धान माथि नै प्रश्न गर्नुभयो । प्रहरीले निस्पक्ष अनुसन्धान नगरेको अधिवक्ता महर्जनको तर्क छ । जेठ १० गते जिल्ला सरकारी वकील कार्यलयले ठगी, किर्ते, सङ्गठित अपराध, राज्यविरुद्धको कसुरसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको थियो ।

उक्त प्रकरणमा ३० जना प्रतिवादीमध्य पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्वसांसद तथा कांग्रेसका नेता आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँलगायत १८ जना अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४