काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ एप वानएक्सबेटमा सट्टेबाजी र त्यसको विज्ञापन गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चर्चित कलाकार बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)सहित आठजना पक्राउ परेपछि वानएक्सबेट अहिले चर्चाको विषय बनेको छ ।
प्रहरीले पक्राउ गरेका आठैजना नेपालका चर्चित कलाकार तथा ‘सोसल इन्फ्लुयन्सर’ पर्छन् । श्रेष्ठसँगै पक्राउ पर्नेमा पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा (जीडी) सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) छन् ।
- बल्छी ध्रुवे, राजु मास्टर र म्याकुरीसहित पाँच यूट्युवर पक्राउ
वानएक्सबेटको विज्ञापन र प्रचार गरेको आरोपमा श्रेष्ठ पक्राउ परेको कुराले नेपालीका अधिकांश चर्चित युट्युब च्यानलका सञ्चालक तथा प्रयोगकर्ताहरुमाझ खैलाबैला मच्चिएको छ ।
नेपालका सबैजसो युट्युब च्यानलका सञ्चालक आफ्ना हरेक भिडियोमा डिस्क्रिप्सनमा दिएको लिंकमा गएर ‘यो प्रोमो कोड प्रयोग गरी यति प्रतिशतसम्म बोनस पाउनुहोस्’ भन्दै अनलाइन जुवालाई प्रोत्साहन गरिरहेका हुन्छन् ।