Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वानएक्स बेटमार्फत जुवामा संलग्न भएको भन्दै कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ३२ २०८०
  • 3.6K
    SHARES

काठमाडौँ । वानएक्स बेटमार्फत जुवामा संलग्न भएको भन्दै कलाकार ‘बल्छी ध्रुबे’ (मरिचमान श्रेष्ठ) सहित ८ जना पक्राउ परेका छन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार प्रतिबन्धत अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका हुन् ।

उक्त अनलाइन बेटमा संलग्न रहेकाहरुविरुद्ध चलाइएकाे कारबाहीमा प्रहरीले बुधबार ५ जनालाई पक्राउ गरेको थियो । बुधबार पक्राउ परेका ५ जनाले ७४ करोडको कारोबार गरेको देखिएको थियो ।

बल्छी ध्रुबेसहित पक्राउ परेका कलाकारहरुले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको प्रहरीको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४