Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र युएईबीच श्रम समझदारी नवीकरण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३१ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । युएईसँग चार वर्षअघि भएको श्रम समझदारी नवीकरण भएको छ।

बुधबार नेपाल र युएईको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरणको निर्णय गरेको हो।

छलफलमा नेपालले श्रम र वैदेशिक रोजगार सम्बन्धी पछिल्लो कानुनहरूबारे जानकारी पनि गराएको छ।

श्रमिकहरूको हक तथा अधिकार सुनिश्चितताका विषयमा समेत गहन छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सरकारले युएईमा नेपालीको न्यूनतम पारिश्रमिक सुनिश्चितता हुनुपर्ने, ज्यान गुमाएकाहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था हुनुपर्ने प्रस्ताव गरेको छ।

त्यस्तै त्यहाँ जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूलाई आममाफीसहित अभिलेखवद्ध श्रमिकहरूको नेपाल फिर्तीमा सहजीकरण गरिदिन पनि प्रस्ताव गरेको हो।

युएई पक्षले नेपालले राखेका विषयमा सकारात्मक रहेको धारणा राखेको छ।

युएईले नेपालबाट घरेलु श्रमिक पनि लैजान इच्छा देखाएको छ।

यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन समेत युएईले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४