Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मृत घोषणा गरेकी महिलाले अन्तिम संस्कारमा सास फेरेपछि…


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३१ २०८०
  • 1.6K
    SHARES

काठमाडौँ । ल्याटिन अमेरिकी देश एक्वडोरमा एक वृद्ध महिलाले आफ्नो अन्तिम संस्कारका बेला सास फेर्दै गरेको देखेर मानिसहरू अक्क न बक्क भएका विवरण आएको छ ।

सम्भावित हृदयाघातका कारण ७६ वर्षे बेला मोन्टोयाको मृत्यु भएको अस्पतालले गत साता घोषणा गरेको थियो । चिहानमा गाड्नु अघि आफन्तहरूले लुगा फेर्ने तयारी गरिरहँदा उनले सास फेरिरहेको देखेका हुन् । मोन्टोयाको अहिले अस्पतालको अति सघन कक्षमा उपचार भइरहेको छ ।

एक्वडोरको स्वास्थ्य मन्त्रालयले घटनाबारे अनुसन्धान गर्नका लागि एउटा छानबिन समिति गठन गरेको छ । मन्त्रालयले एउटा विज्ञप्तिमा जनाएअनुसार ती वृद्धालाई ‘कार्डिओरेस्पिरेटरी अरेस्ट’ भएको थियो । त्यस्तो भएपश्चात्‌ कृत्रिम सास दिँदा उनले कुनै प्रतिक्रिया जनाइनन् । त्यति बेला काममा रहेका चिकित्सकहरूले ती वृद्धाको मृत्यु भएको घोषणा गरे ।

सुधारका लागि प्रार्थना
वृद्धाका छोरा गिल्बर रोडोल्फो बेलबेरान मोन्टोयालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उनकी आमालाई ‘बिहान ९ बजेतिर अस्पताल भर्ना गरिएकोमा अपराह्नतिर मृत्यु भएको चिकित्सकहरूले घोषणा गरे ।’

त्यसपछि उनलाई शव बाकसमा हालियो । उनले सास फेरिरहेको आफन्तहरूले नदेखेको बेलासम्म त्यसभित्रै रहेकी थिइन् । खुला शव बाकसभित्र वृद्धाले गहिरो सास लिइरहँदा वरिपरि मानिसहरूको भिड रहेको सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा देखिन्छ । त्यसपछि एम्बुलेन्समार्फत् अस्पताल पुर्‍याउनुअघि पारामेडिकहरू आएर उनको हेरेको देखिन्छ ।

चिकित्सकहरूले मृत घोषणा गरेकै अस्पतालको अतिसघन उपचार कक्षमा अहिले उनको उपचार भइरहेको छ । वृद्धाका छोरा बेलबेरानले समाचारसंस्था एएफपीसँग भनेका छन्, ‘के भयो भनेर बिस्तारै मैले बुझिरहेको छु । अहिले मेरो एउटा प्रार्थना भनेको मेरी आमाको स्वास्थमा सुधार होस् भन्ने छ। म उहाँलाई जिउँदो मसँग भएको चाहन्छु ।’ बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४