Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिन्दु राष्ट्र बनाउने प्रस्तावमा प्रधानमन्त्री दाहालको अग्नीपरीक्षा हुन्छ : राजेन्द्र लिङदेन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २८ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई अन्तरहृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलो पटक पुगेर नेपालीहरुलाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गर्नुभएको बताउनु भयो ।

उहाँले कसैलाई चित्त बुझाउनका लागि पशुपतिनाथको दर्शन गरेको भए दुर्भाग्य भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दु राष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने बताउनु भयो । उहाँले राप्रपाले उपयुक्त समयमा हिन्दु राष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने बताउनु भयो ।

अध्यक्ष लिङदेनले आफूले धर्मको राजनीति नगरेको पनि स्पष्ट पार्नुभयो । उहाँले हिन्दु राष्ट्र देशको लागि आवश्यक कुरा भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४