Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिपरजोय चक्रवातले आगामी ६ घण्टामा भीषण रूप लिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २८ २०८०
  • 1.6K
    SHARES

नयाँ दिल्ली । बिपरजोय चक्रवात आगामी ६ घण्टामा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ मा परिणत हुने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवाती आँधी बिपरजोयले जुन १५ सम्म पाकिस्तानको तटीय क्षेत्र र छेउछाउको सौराष्ट्र र कच्छसम्म निकै भीषण रूप लिएर पुग्न सक्छ ।

पछिल्लो छ घण्टादेखि पाँच किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको छ । तर अबको केही समयमा यसका कारण अरब सागरमा १५५ देखि १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ । अगाडि बढ्दा हावाको गति १९० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ ।

केही दिनयता अरब सागरमा ‘साइक्लोनिक एक्टिभिटी’ देखिएको छ । बिस्तारै बलियो बन्दै गएको बिपरजोय चक्रवात आगामी दिनमा गुजरातको तटीय क्षेत्र नजिक आउनेछ । आँधीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै भारतीय मौसम विज्ञान विभागले गुजरातको तटीय क्षेत्रका माछा मार्नेहरूका लागि एडभाइजरी नै जारी गरेको छ। जुन १५ सम्म पश्चिम–मध्य अरब सागर र जुन १२ देखि १५ सम्म उत्तर अरब सागर र छेउछाउको मध्य अरब सागरमा माछा मार्न नजान आग्रह गरिएको छ ।

सौराष्ट्र र कच्छमा, माछा मार्नेहरूलाई जून १५ सम्म तटबाट टाढा रहन सल्लाह दिइएको छ। आगामी चार दिनको पूर्वानुमान अनुसार चक्रवातका कारण गुजरातको तटीय क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यससँगै आगामी पाँच दिनसम्म सौराष्ट्र–कच्छ र दिवका सबै जिल्लामा ३० देखि ५० किलोमिटरको गतिमा हावा चल्ने छ ।
बीबीसी हिन्दी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४