Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए ४ बालबालिका


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २७ २०८०
  • 7.8K
    SHARES

एजेन्सी । कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झन्डै ५ हप्तापछि बालबालिका भेटिएका हुन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिएका छन् ।

दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी, आमा र एक/एक जना पाइलट र को–पाइलट रहेका थिए । विमानका पाइलटद्वय र यी बालबालिकाको आमाको भने मृत्यु भएको थियो ।

यी बालबालिकाको उमेर १३, ९, ४ र एक वर्ष रहेको रोयटर्सले उल्लेख गरेको छ । राष्ट्रपति पेट्रोले हप्तौंको खोजीपछि बालबालिकालाई सकुशल भेट्नु पूरै मुलुकका लागि खुसीको क्षण भएको बताउनुभयो ।

सिंगल इन्जिनको सेसना–२०६ विमान अमाजोनस प्रान्तको अरारकुआराबाट ग्वावियारे प्रान्तको सान होजे डेल ग्वावियारे जाँदै गर्दा इन्जिन फेल भएर गत मे १ मा दुर्घटनाग्रस्त भएको थियो । तीन बालिका र एक बालकका हजुरबुवा नारसिजो मुकुटुवीले उद्धारको समाचार थाहा पाएलगत्तै आफू निकै खुसी भएको रोयटर्सलाई बताएका छन् ।

कोलम्बियाली सेनाले सार्वजनिक गरेको तस्बिरमा सैनिकको समूहले घना जंगलको बीचमा ती बालबालिकालाई भेटेको देखिएको छ । बालबालिकाले जंगलमा आफैंले आफ्नो प्रतिरक्षा गर्दै यतिका दिनसम्म बसेको पनि राष्ट्रपति पेट्रोले जानकारी दिनुभयो ।

उद्धार टोलीले कुकुरको सहायतमा बालबालिकालाई भेटेको हो । उनीहरूले बालबालिकाले खाएर फालेको फलफूलका टुक्राहरू बाटोमा भेटेका समेत थिए ।

उद्धारका लागि कोलम्बियाले सेना र वायु सेनाले हेलिकप्टर र जहाजको समेत सहयोग लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४