Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको हवाई क्षेत्र युरोपेली यूनियनको कालोसूचीबाट हट्न सकेन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २७ २०८०
  • 2K
    SHARES

काठमाडौं । नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’ बाट हट्न सकेको छैन ।

यूनियनको मे मा बसेको सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहोर्‍याएको हो ।

सुरक्षा काउन्सिलको बैठक मे र नोभेम्बर महिना गरि वर्षमा दुई पटक बस्ने गरेको छ । सो बैठकले मात्र यो सूची पुर्नरावलोकन गर्छ । ईयूले बुधबार उक्त सूची सार्वजनिक गरेको हो । सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस पटक पनि नेपाल कालोसूचीबाट हट्न नसक्नुमा १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो । पोखरा दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।

नेपाल सन् २०१३ यता निरन्तर ईयूको कालोसूचीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४