Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा नागरिकता विधेयक पेश गरेसम्म संसद चल्न नदिने एमालेको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.6K
    SHARES

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक निष्क्रिय राखी संसदमा सोसम्बन्धी नयाँ विधेयक सरकारले पेश नगरेसम्म सदन चल्ने नदिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले असंवैधानिक ढंगले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण गरेकाले आफूले त्यसलाई स्विकार गरेर अघि बढन सक्ने अवस्था नरहेको बताए । उनले विदेशी प्रभुहरुलाई रिझाउन विधेयक प्रमाणिकरण गर्ने काम गरिएको भन्दै आपत्ति समेत जनाए ।

प्रमुख सचेतक गिरीले नागरिकता विधेयकलाई संसदबाट एक हप्ताभित्र छलफल गरी पारित गरेर नागरिकताविहीन नेपालीहरुलाई नागरिकता दिन आफ्नो पार्टी लागिपर्ने समेत बताए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।

‘यहाँनिर अहिले जुन निष्क्रिय विधेयक छ,’ प्रमुख सचेतक गिरीले भने, ‘सो निष्क्रिय विधेयकलाई सम्माननीय राष्ट्रपतिज्यूले यसरी असंवैधानिक ढंगले अव प्रमाणिकरण गर्दै जाने हो भने २०५७ सालमा तत्कालीन राजा विरेन्द्रले लालमोहर नलगाएको जुन नागरिकता विधेयक थियो, भोलि विदेशी प्रभुलाई रिझाउन राष्ट्रपतिज्यूले त्यो पुरानो फाइल पनि खोजेर त्यसमा प्रमाणीकरण गरे भने मान्ने कि नमान्ने सभामुख महोदय ।

यो गम्भिर प्रश्न पनि हाम्रो अगाडि आइसकेको छ । त्यसकारण म भन्न चाहन्छु–अहिले यो जुन विधेयक छ । यो प्रमाणिकरण गरिएको भनिएको विधेयक छ । यो विधेयकलाई निष्क्रिय राखियोस् । र, नयाँ संशोधन प्रस्ताव संसदमा दर्ता गरियोस् । र, एक हप्ता भित्र घनिभूत छलफल गरेर नयाँ नागरिकता प्राप्त नगरेका ती नेपालीजनहरुलाई नागरिकता दिने प्रबन्ध मिलाईयोस् । अन्यथा हामीले यो कुरालाई स्विकार गर्न सक्ने अवस्था रहँदैन सभामुख महोदय ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४