Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टाउकाको मूल्य डेढ करोड तोकिएका भाकपा माओवादी नेताको निधन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन भएको छ । माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।

माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका हुन् ।

भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ लाख भारु तोकेको थियो । पार्टीमा दोस्रो बरियतामा रहेका उनलाई भारतीय कम्युनिस्ट पार्टी माओवादीभित्र आन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन, रमेश, महेश र एएन नामबाट पनि चिनिन्थ्यो ।

तलंगानाको आदिवाबाद घर भएका उनी ६६ वर्षका थिए । उनी भारतका विभिन्न ठाउँमा भएका माओवादी आक्रमणमा संलग्न भएको आरोप छ ।

प्रहरीका अनुसार १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तिसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा संलग्न भएको आरोपसमेत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४