Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आङटावालाई बयान बदल्न लगाएको छैन बालकृष्ण खाँण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २० २०८०
  • 2.2K
    SHARES

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस हुनुअघि भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका हुन् । खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेको बयान र हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफूविरुद्ध बयान नदिन लगाएको अभियोग उनीमाथि प्रहरीले लगाएको थियो ।

अदालतमा दिएको बयानका क्रममा खाँणले तत्कालीन गृहसचिव पाण्डेले बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग भेटघाट भएको भन्दै खुलाएको कुरा झुटो भएको जिकिर गरेका छन् । ‘कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा पनि सरासर झुटो हो’, उनले भनेका छन्, ‘आङटावा शेर्पासँग पनि मेरो कुनै कुरा भएको छैन, बयान बदल्न पनि लगाएको छैन ।’

अनुसन्धान अधिकृतहरुले शेर्पामार्फत खाँणले आरोपी सानु भण्डारीको वयान बदल्न लगाएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत अदालतमा मुद्दा दायर गरेका थिए ।

खाँणले त्यसलाई अस्वीकार गर्दै भनेका छन्, ‘मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने व्यहोरा झुटो हो, उहाँले केका आधारमा कागजमा यस्तो व्यहोरा लगाउनुभयो, त्यसबारे जानकारी भएन ।’

अनुसन्धान अधिकृतहरुले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलको प्रतिवेदन कीर्ते गरेर ठगी गरिएको निष्कर्ष निकालेका छन् । खाँणको पालामा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले कीर्ते गरेको अधिकृतहरुको निष्कर्ष छ । तर, खाँणले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

‘मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरु राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरुको जिम्मेवारी हो, उक्त प्रतिवेदनहरु सम्बन्धमा मलाई कुनै जानकारी भएन’, खाँणले भने ।

हेर्नुहोस् खाँणको बयान

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४