काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा बिहीबार संकल्प प्रस्ताव दर्ता भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संकल्प प्रस्ताव दर्ता गराउनुको ६ वटा कारण र औचित्य उल्लेख गरेको छ । ‘अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने, संकल्प प्रस्तावको कारण र औचित्यमा भनिएको छ ।
मुलुक विकेन्द्रीकरणको अभ्यासमा गइसकेको अवस्थामा यस्ता स्थानीय विकास केन्द्रित कार्यक्रम ल्याउनुले स्थानीय सरकारको कार्य सम्पादनमा आशंका सिर्जना गरेको देखिने ।

