Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा रिपब्लीकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न ट्रम्पलाई एकपछि अर्को टक्कर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १८ २०८०
  • 1.3K
    SHARES

एजेन्सी । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको लागि रिपब्लीकन पार्टीबाट उम्मेदवार बन्नेहरुको लर्को लागेको छ ।

ह्वाइट हाउसको मनोनयनको दौड सुरु भएसँगै रिपब्लीकन पार्टीका शक्तिशाली नेताहरुले एकपछि अर्को दावेदारी पेस गरिररहेका छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिँदै उनकै कार्यकालका उपराष्ट्रपति माइक पेन्सले पनि उम्मेदवारी घोषणा गर्दैछन् ।

यसैगरी, न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी पनि अर्को हप्ता उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् । रिपब्लीकन पार्टीको आधिकारिक उम्मेदवारले अर्को वर्ष नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट राष्ट्रपति जो बाइडेनलाई चुनौती दिनेछन् ।

डेमोक्रेटबाट बाइडेन नैं उम्मेदवार बन्ने लगभग पक्का छ । रिपब्लीकनबाट यसअघि रोन डिस्यान्टीस, टिम स्कट, निक्की हेली, विवेक रामास्वामी, ल्यारी एल्डर लगायत झण्डै एक दर्जन नेताहरु उम्मेदवार बन्ने दौडमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४