Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १८ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता हुँदैछ ।

बिहीबार बिहान ११ बजेर ५ मिनेटमा दाहाल र मोदीबीचको भेटवार्ता तय गरिएको छ । प्रधानमन्त्री दाहालले बिहीबार बिहान राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम छ ।

दुई प्रधानमन्त्रीबीचको भेटवार्तापछि संयुक्त सम्मेलन गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री दाहालले बिहीबारै अपरान्ह ४ बजे भारतीय उपराष्ट्रपति जगदीप धनखडेसँग शिष्टाचार भेट गर्नुहुने छ भने, साढे ४ बजे दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट्ने कार्यक्रम रहेकाे छ ।

अपरान्ह साढे ५ बजे दाहालले भारतीय उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ । बुधबार दिउँसो नयाँदिल्ली पुग्नु भएका प्रधानमन्त्री दाहालसँग बुधबार साँझ भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलँंग भेटवार्ता गर्नुभएको थियो ।

दोभालँंगको भेटमा भारतको तर्फबाट विदेश सचिव विनय क्वात्रा पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री दाहालसँग भने छोरी गंगा मात्रै बसेकी थिइन् । बुधबार राती नेपाली दूतावासमा आयोजित रात्रीभोजका क्रममा प्रधानमन्त्री दाहालले दिल्लीमा बस्ने नेपाली समुदायलाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४