Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशबाट ल्याइएका करिब ५० लाख फोन असारसम्म कर तिरेर वैध बनाउनुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १५ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । सरकारले विदेशबाट आफन्त तथा साथीभाइले पठाएर/ल्याएर नेपालमा प्रयोगमा रहेका करिब ५० लाख फोनलाई वैध बनाउन कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले गत १५ जेठमा मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु हुनुभन्दा अघि भित्रिएर ‘ग्रे लिस्ट’ (खैरो सूची)मा रहेका फोनलाई कर तिरेर वैध बनाउन सक्ने व्यवस्था गरेको हो ।

एमडीएमएस प्रणालीमा दर्ता नभएका फोनहरु ‘ग्रे लिस्ट’मा छन् । ३० भदौ २०७९ पछि एमडीएमएस प्रणाली आंशिक कार्यान्वयनमा आएपछि भन्सार नतिरी नेपाल भित्रिएका सबै फोनलाई सरकारले एमडीएमएसको खैरो सूची (ग्रे लिस्ट) मा राखेको छ । ती फोनहरु अब कसरी सेतो सूची (ह्वाइट लिस्ट)मा लैजानका लागि असार मसान्तसम्म दर्ता नै गर्नुपर्ने भएको हो ।

आगामी असार मसान्तसम्म दर्ता नभएका फोन नेपालमा चल्ने छैनन् । प्राधिकरणका अनुसार ३० भदौ २०७९ देखि ३१ वैशाख २०८० सम्म भन्सार नतिरी विदेशबाट ल्याइएका फोनहरु ‘ग्रे लिस्ट’ (खैरो सूची) मा परेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रका अनुसार ८० लाख ६० हजार हजार मोबाइल आईएमईआई नम्बरहरु प्रणालीमा देखिए पनि दर्ता भएका छैनन् । यी सबै आईएमईआई ग्रे लिस्टमा छन् ।

समान्यतयाः एउटा फोनमा २ वटा आईएमईआई नम्बर हुन्छन् । केहीमा नहुन पनि सक्छ । यसअनुसार करिब ५० लाखभन्दा बढी फोन अहिले ग्रे लिस्टमा रहेको अनुमान प्राधिकरणको छ ।

यसमध्ये कति फोन विदशेबाट झिटिगुण्टा स्वरुप आयात भएका हुन् र कति भारतीय बजारबाट तस्करी भएर नेपाल भित्रिएका हुन् भन्ने यकिन छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४