Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १४ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग छलफल गरेका छन् । आइतबार सिंहदरबारमा गरेको छलफलमा उनले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराएका थिए ।

उनले त्यस क्रममा उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र दलका नेताहरुसँग सुझाव पनि लिएका थिए । प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरुले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने विषयमा सकारात्मक सुझाव दिएका बताएका छन्  ।

‘विज्ञहरुको सुझाव लिने क्रम चलिरहेको छ । म जरुरी काम परेर हिँडेको छु, धेरैको सुझाव सुनेँ, अरुको सुझाव परराष्ट्रमन्त्रीहरुले लिँदै हुनुहुन्छ’, छलफबाट बाहिरिने क्रममा उनले भने । पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काका अनुसार भारत भ्रमणप्रति प्रधानमन्त्री धेरै आशावादी देखिएका छन् । ‘उहाँले धेरै विषयमा समझदारी हुने र केही सम्झौतामा हस्ताक्षर हुने पनि बताउनुभयो’ उनले भनेका छन  ।

छलफलमा सहभागी नेताहरुले भने सीमाका विषयमा देखिएको विवाद समाधानका लागि प्रयास गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । त्यस्तै राष्ट्रिय हितलाई सर्वोपरी राखेर आत्मविश्वासका साथ भ्रमण पूरा गर्न सुझाव दिएको डा. खड्काले बताएका हुन्  ।

‘राट्रिय हितलाई सर्वोपरी ठानेर फुल आत्मविश्वासको साथ आफ्नो कुरा राख्नुपर्छ । संयुक्त वक्तव्य आएपछि विवाद आउने स्थिति आउन दिनुभएन’ उनले प्रधानमन्त्रीसँगको छलफलमा आफूले राखेको धारणाबारे भनेका हुन्  ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालसँग भएको प्रमाणका आधारमा सीमा समस्याका बारेमा प्रष्ट धारणा राख्न सुझाव दिएको बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४