Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १४ २०८०
  • 1.7K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. जेठ १३, २०८० । ई.सं. २७ मे २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ तछलाथ्व । पिङ्गल उत्तरायण ग्रीष्म । आइतबार ज्येष्ठ शुक्लपक्ष । तिथि अष्टमी ०७:३८ बजेसम्म, त्यसपछी नवमी । नक्षत्र पूर्वफाल्गुनी ००:२८ बजेसम्म, त्यसपछी उत्तरफाल्गुनी । योग हर्षण १९:२१ बजेसम्म, त्यसपछी वज्र । करण वव ०७:३८ बजेसम्म, त्यसपछी वालव २०:२९ बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि सिंह । आनन्दादि योग छत्र । दिनमान ३४।१० १३:४० । सूर्योदय ५:१२ । सूर्यास्त १८:५२ । अष्टमी व्रत, गोरखकाली पूजा, वायुअष्टमी । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य १|१२|१|५९ । चन्द्र ४|१६|५३|४९ । मंगल ३|८|५२|५७ । बुध ०|१८|४८|२० । बृहस्पति ०|८|१०|५२ । शुक्र २|२७|३३|५५ । शनि १०|१०|३|२० । राहु ०|७|३१|४८ । क्रान्ति उ २१|२४ । वेलान्तर (-)२:१० ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सेवामूलक काम बीचैमा रोकिन सक्छ। अध्ययनमा बाधा पुग्नेछ। परिस्थितिले काममा अलमल्याए पनि मिहिनेत गर्दा फाइदाको स्रोत पहिल्याउन सफल भइनेछ। दाेहाेर्याएर प्रयत्न गरेका काम सम्पादन हुनेछन्। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
फाइदाकाे पछि लाग्दा नाम बिग्रन सक्छ। तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ– सहयाेग प्राप्त हुनेछ। व्यापारमा अवश्यै लाभ हुनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा काम थालनी भए पनि फाइदै हुनेछ। टाढाका साथीभाइले साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ। केही खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन्।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। नोकरी तथा पेसा–व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। तापनि, आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि नयाँ कामको जग बसाउने मौका छ। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि बल र बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। शुभचिन्तकहरूको साथ–सहयाेग प्राप्त हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४