Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा सांसदले भने : आधुनिकीकरणले गाँजेको विकासले हाम्रो जीवनलाई छुन सकेन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १३ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपालमा विकासको पुनः परिभाषा गर्न आवश्यक रहेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, विगतमा हामीले विकासका कुराहरु कति गर्‍यौं होला ? यहाँनेर भन्नुपर्छ– अब हामीले बुझेको विकासलाई अब पुनः परिभाषित गर्नुपर्छ ।

विकासको अवधारणा नै परिवर्तन गरेर जानुपर्नेमा जोड दिँदै सांसद परियारले प्रश्न गरे, ‘यो औपनिवेशिक विकास र आधुनिकीकरणले गाँजेको विकासले के हाम्रो जनजीवनलाइ छुन सक्यो ? विकास अन्य प्रारुप देख्न सकेनौं ?’

अझ विकासको विषयमा ठूला दलहरुले संसदमा आफ्नो पार्टी समेत रहेको भनी नसम्झिएको प्रमुख सचेतक परियारको गुनासो छ । ‘हामीले यत्ति पनि सम्झेनौं कि यो सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि छ’, उनले भने, ‘राष्ट्रय स्वतन्त्र पार्टीको विकासको आफ्नै अवधारणा छन् ।’

भ्रष्टाचार नियन्त्रण गर्ने भनिएको तर त्यस अनुसार कार्यक्रम आउन नसकेको उनको भनाइ छ । ‘सबैभन्दा धेरै भ्रष्टाचार विकासका कार्यक्रमहरुमा हुन्छ । हामीले बनाएका परियोजनाहरुमा हुन्छ’, उनले भने, ‘रोक्ने हो भनिए पनि नीति तथा कार्यक्रममा ठोस कुरा गर्न किन सकेन ?’

भौतिक विकासले मात्रै कहाँ पु¥याउँछ ? भन्ने प्रश्नको जवाफ खोज्दा सही समाधान निस्कने उनको भनाइ छ ।

‘यो विकासको विमर्श गर्ने मात्रै बेला होइन । विकासको अवधारणा र कार्यक्रम दिने बेला हो’, सांसद परियारले भने, ‘अब विकासमा नयाँ शिराबाट छलफल सुरु गरौं ।’

विकासको केन्द्रमा मान्छेलाई राख्ने, मान्छेका बन्धनहरुलाई मुक्त गर्ने र संविधानले ग्यारेण्टी गरेका मौलक हक सुरक्षित गर्नेतिर ध्यान दिँदा मात्रै मुलुकले आर्थिकमा गति लिन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४