Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुर्खेतबाट पूर्वराजा ज्ञानेन्द्रको आव्हान, ‘राष्ट्रको निम्ति एकसाथ अघि बढौँ’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १३ २०८०
  • 1.6K
    SHARES

 काठमाडौँ। नागरिक अभिनन्दनको लागि सुर्खेत आउनु भएका पूर्वराजा ज्ञानेन्द्र बिर बिक्रम शाहदेबले अब देशका लागि के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ ? सोच्ने बेला भएको बताउनु भएको छ । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै उहाले राष्ट्रका निमित्त एकसाथ अघि बढ्न आव्हान पनि गर्नु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले भन्नुभयो “आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो। हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छु।  त्यसैले अब कसरी जाने?, के कस्तो विधि व्यवस्था अंगाल्ने? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने? अब सोचौँ, के गर्दा देशको राम्रो हुन्छ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौँ। राष्ट्रवाद फस्टाउनलाई राष्ट्र प्रेमको खाँचो हुन्छ।

नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौँ, मिलौँ। हामी सबै मिलौँ। त्यसैले हामी भन्दछौँ, जुटौँ। हामी सबै एक भएर जुटौँ। त्यसैले हामी भन्दछौँ, हामी नफुटौँ। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौँ। त्यसैले फेरि पनि भन्छौँ, जुटौँ, खटौँ र डटौँ ।

‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ?,’ शाहले भने, ‘हामी जहाँ जहाँ जान्छौ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौं, त्यसबाट थाहा पाउँछौं, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो ।’

पूर्वराजा शाहले शासन प्रणालीलाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता र समाजको सर्वोत्तम सेवा र सम्मान नै प्रमुख रहेको बताए । ‘लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो’ उनले भने, ‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर गरिने सुशासन र विकास नै हो ।’

जनताले सोचेको र खोजेको जस्तो नहुँदा त्यस्तो पद्धति केही समयका लागि बिकाऊ मात्र हुने तर टिकाउ नहुने शाहले बताए । ‘जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको बिकाऊ मात्र हुन्छ, टिकाउको हुँदैन’ उनले भने ।

पूर्वराजा शाहले देशको स्वभिमान बचाउन एक हुनुको विकल्प नरहेको भन्दै के गर्दा देशको हित हुन्छ त्यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेम चाहिन्छ । नेपालको पीर मर्का बुझ्न नेपाली मुटुले मात्र सक्छ’ पूर्वराजा शाहले भने, ‘अब सोचौं के गर्दा फाइदा हुन्छ, के नगर्दा देशलाई फाइदा हुन्छ ?’

घण्टाघर अगाडि गरिएको कार्यक्रममा पूर्व राजा रानीलाई दैलेख पञ्चकोशीको जलपान गराएर नागरिक अभिनन्दन गरिएको थियो । नागरिक अभिनन्दनका लागि १००८ सदस्यीय समिति र २० सदस्यीय उपसमिति गठन गरिएको थियो ।

पछिल्ला दुई दशकमा अभ्यास हुँदै आएको लोकतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पूर्व राजा शाहले अहिले धेरै कुरा थोरै काम भएको बताए ।  देश दर्शनका क्रममा जनदृष्टिका आधारमा आफूले यही कुरा बुझेको बताउँदै उनले भनेका छन्- ‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था,शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ? हामी जहाँ जहाँ जान्छौ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो ।’
 
पूर्वराजा शाहले जनताले सोचेको र खोजेको जस्तो नहुँदा त्यस्तो पद्धति केही समयका लागि बिकाऊ मात्र हुने टिकाउ नहुने बताए ।  उनले भने- ‘नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरूले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन् । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको बिकाऊ मात्र हुन्छ, टिकाउको हुँदैन ।’    

शाहले कसैको अगाडि लम्पसार परेर बाँच्नु अपमान भएको समेत बताएका छन् । उनले भनेका छन्, ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान– हाम्रो शान हो, आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो । त्यसैले कसैको अगाडी लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौँ – त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छौँ ।’ 

उनले अब कस्तो विधि र व्यवस्था अङ्गाल्ने भन्ने बेला आएको बताउँदै कसरी देशलाई फाइदा हुन्छ त्यसतर्फ सोच्नुपर्नेमा जोड दिएका छन् । 

पूर्व राजाले भनेका छन्- ‘त्यसैले अब कसरी जाने, के कस्तो विधि व्यवस्था अङ्गाल्ने र हाम्रो गौरव गरिमालाई पुन ताजा रूपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ । अब सोचौँ के गर्दा देशको राम्रो हुन्छ । अब सोचौँ के नगर्दा देशलाई फाइदा हुन्छ । राष्ट्रवाद फस्टाउनलाई राष्ट्र प्रेमको खाँचो चाहिन्छ । नेपालको पिर मर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ ।’ 

“स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढौँ। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। सबैलाई फेरि एक पटक धन्यवाद, जय नेपाल ।”

 

gyanendra

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४