Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शम्भु थापा सहितका वकिलले नक्कली शरणार्थी प्रकरणका अभियुक्तको पक्षमा बहस नगर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १२ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । केही कानुन व्यवसायीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरुको कानुनी प्रतिरक्षा नगर्ने भएका छन् ।

कुनै सार्वजनिक प्रतिक्रिया नजनाई उनीहरुले ‘व्यस्तताको कारण’ भन्दै मुद्दा नहेर्ने निधो गरेका हुन् । सामान्य छलफलबाट यस्तो निष्कर्षमा पुगेपछि उनीहरुले प्रक्रियाका क्रममा ‘व्यक्तिगत रुचि’ भन्ने तय गरेका छन् ।

यो राष्ट्रहित विरुद्धको काम हो, मुलुकको छवि नै अन्तर्राष्ट्रियस्तरमा गिराउने गरी लज्जाको विषय बनेको छ’ एक कानुन व्यवसायीले भने,मन्त्रिपरिषददेखि गृह मन्त्रालयमा भ्रष्टाचार र माफियाको जालो फैलाएर गरिएको यो मुद्दाबाट हामी टाढा नै बसौं भन्ने भएको हो ।

एक कानुन व्यवसायीका अनुसार, वरिष्ठ अधिवक्ता शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, डा. चन्द्रकान्त ज्ञवाली र टीकाराम भट्टराईले यो मुद्दाको ‘बहस पैरवीबाट टाढा रहने’ निचोड निकालेका हुन् । तर सार्वजनिक प्रतिक्रियामा भने उनीहरुले व्यस्तताका कारण भनी जवाफ दिएका छन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा कुनै पनि पक्षका तर्फबाट आफ्नो वकालतनामा नपरेको बताए । उनले भने, ‘योभन्दा थप नबोलौं ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले ‘व्यस्तताका कारण कतिपय आरोपितहरुको प्रतिरक्षा गर्न नसक्ने भएको’ भनी जवाफ दिएको बताए ।

नेपालको संविधानमै कुनै पनि मुद्दाको आरोपितले कानुन व्यवसायी राख्न र आफ्नो पक्षबाट वकालत गराउन पाउने हकलाई मौलिक हकमा राखिएको छ । नागरिकको मौलिक हकमा प्रतिकूल गरेको देखिने भन्दै कतिपय कानुन व्यवसायीहरुले औपचारिक रुपमा कुनै पनि मुद्दाको वकालतनामा नगर्ने भनी घोषणा गर्दैनन् । तर निश्चित मुद्दा हेर्ने वा नहेर्ने भनी रणनीति भने बनाउँछन् ।

उदाहरणका लागि, वरिष्ठ अधिवक्ता एवं कानुनविद् गणेशराज शर्माले भ्रष्टाचारका मुद्दा हेर्दैनथे भने आफूसामु आएका सीमित मुद्दा मात्रै हेर्ने गर्थे । वरिष्ठ अधिवक्ता तुलसी भट्टले भ्रष्टाचारका मुद्दा हेर्दैनन् । पूर्वमहान्यायाधिवक्ता डा. युवराज शर्माले महान्यायाधिवक्ता भएपछि सरकार विपक्षी भएका मुद्दा हेर्ने गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४