Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा उठ्यो प्रश्न : पशुपतिको जलहरी सुनको कि पित्तलको ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १२ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । पशुपतिको गजुरमा रहेको जलहरी सुनको हो कि पित्तलको भनी संसदमा प्रश्न उठेको छ ।

जेठ १० गते प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको आरोप लगाएका थिए। त्यसक्रममा उनले भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार। त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’

सत्तारुढ दलको सांसदले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबार प्रतिनिधिसभाको बैठक प्रश्न उठाएको हो । यस विषयमा सत्यता नछुटाइ संसद चल्न नदिने एमालेको अडनका कारण शुक्रबारको प्रतिनिधिसभा बैठक नै प्रभावित भएको छ । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक नै स्थगित गरिदिए ।

शुक्रबारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको नेतामाथि सत्तारुढ दलको नेताले लगाएको आरोपबारे प्रष्ट नभएसम्म बैठक चल्न नदिने बताए । सभामुख देवराज घिमिरेले संसदमा प्रश्न उठिसकेका कारण विधि अनुसार प्रष्ट पार्न सकिने भनै संसदको कामकारबाही अगाडि बढाउनका लागि सहयोगका लागि आग्रह गरे । तर, एमालेले मानेन ।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख विपक्षी दलको नेतामथिको आरोप बोकेर हिड्न नसकिने बताए । ‘यो आरोप मेरो पक्ष्ँमा, मेरो पार्टीमा प्रतिपक्षीको नेतामाथि आरोप लागेको छ’ उनले भने, ‘…उहाँहरुले भनेपछि यो होला भन्ने हुन्छ । यति गम्भीर हो । यो आरोप टाउकोमा हामी कसरी प्रक्रियामा भाग लिन सक्छौं ?

सत्यता आवश्यक भएको उल्लेख गर्दै उनले थपे, ‘दुधको दुध होस्, पानीको पानी होस्। सुनको जलाहरी होइन भने प्रमाणत गरियोस्। कारबाही गरियोस्।’ यो सँधैका लागि राफसाफ गर्न आवश्यक रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४