Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनको बाख्मत कब्जा गर्ने क्रममा २० हजार लडाकु मारिएको वागनर समूहको दावी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 1.4K
    SHARES

एजेन्सी । रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको निजी सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ ।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा २० हजार लडाकु गुमाउनु परेको बताएका हुन् ।

प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । युक्रेनले पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको प्रति आक्रमण रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत लखेट्ने उद्धेश्य रहेको हुनसक्ने पनि उनले बताएका छन् । रुस त्यसको प्रतिकार गर्न पूर्ण तयारीमा रहनुपर्ने उनको सुझाव छ ।

बाख्मतमा रुसले ब्यहोरेको यो क्षति सन् ८० दशकमा अफगानिस्तान युद्धमा सोभियत संघले गुमाएको सैनिक संख्या भन्दा ठूलो हो । मस्कोले भने बाख्मतमा ६ हजार सैनिक मात्रै मारिएको दावी गरेको छ ।

निजी सैनिक समुह वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले क्षति बढी भएको हुनसक्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४