Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलनपछि पहिलोपटक संसद्‌ प्रवेश गर्दै डा. चन्द्र भण्डारी, धारणा राख्न लिए विशेष समय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १० २०८०
  • 3.6K
    SHARES

काठमाडौँ । संघीय सांसद डा. चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने भएका छन् । आगलागीमा परेर गम्भीर घाइते भएपनि भारतमा उपचार गरेर फर्किएका सांसद डा. चन्द्रकान्त भण्डारीले बिहान ११ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्ने भएका हुन् ।

गत फागुन ३ गते राति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा डा. चन्द्रकान्त भण्डारी जलेर घाइते भएका थिए । नेपालमा उपचार सम्भव नभएपछि उनलाई मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । त्यहाँ करिब साढे दुई महिना उपचार गराएपछि सांसद भण्डारी गत वैशाख १७ गते स्वदेश फर्किएका हुन् ।

उनले आफ्नो उपचार नेपालमै गर्ने चाहेको भएपनि राज्यले जलन उपचारलाई प्राथमिकतामा नराखेको बताएका छन्  । डा. चन्द्रकान्त भण्डारीले आफू भारतमा उपचारका लागि गएपछि वीर अस्पतालमा सुविधा सम्पन्न जलन उपचार केन्द्र बनाउने घोषणा गरेको भए पनि तीन महिनाभन्दा बढी हुँदासमेत सञ्चालनमा नआउनु दुःखद रहेको बताएका छन्  ।

उनले आगलागीका घटनामा सामान्यबाहेकको उपचार नेपालमा सम्भव नहुने भएकाले आम नागरिक विदेशमा पुगेर उपचार गर्ने अवस्था नरहेकाले नेपालमै सहज उपचार गराउन आवश्यक प्रविधिसँग पूर्वाधारयुक्त अस्पताल आवश्यक रहेको उल्लेख गरेका छन्  । यिनै विषयलगायतमा उनले आजको प्रतिनिधि सभाको बैठकमा बोल्न समय लिएका छन् ।

जलनपछि संसद्मा उनको पहिलो उपस्थिति हुनेछ । सांसद डा. चन्द्रकान्त भण्डारीलाई बस्नको लागि विशेष व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४