Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तत्कालीन गृहसचिव पाण्डेको बयान : सूचनाका लागि गिरोहसँग सम्पर्क गरेंँ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ९ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अनुसन्धान प्रयोजनका क्रममा सूचना संकलन एवं विश्लेषणका लागि आफूले शरणार्थी प्रकरणका गिरोहसँग सम्पर्क गरेको दावी गरेका छन् ।

पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले सूचना संकलनका लागि विवादास्पद व्यक्तिसँग सम्पर्क भएको र भुटानी शरणार्थीको प्रक्रिया टुंग्याउन त्यसको उपयोग गरिएको दावी गरेका छन् ।

सम्पर्कमा आउनेमध्ये अनुसन्धान प्रयोजनको लागि आवश्यक ठानिएका व्यक्तिसँग सूचना संकलन गर्न, सूचनाको विश्लेषण गर्न एवं आवश्यक निर्णय गर्न सूचनाको उपयोग गर्न सक्छ’ पाण्डेको बयान उधृत गर्दै प्रहरी उच्च स्रोतले भन्यो, ‘त्यो सूचना भुटानी शरणार्थीको विषयलाई एउटा टुङ्गोमा पुर्‍याउन निर्णय प्रक्रियाका लागि उपयोग गरिएको छ’, उनलाई प्रहरीले किन बारम्बार विचौलियासँग सम्पर्क गरेको भनी सोधेको थियो ।

आफ्नै कार्यकालमा भुटानी शरणार्थीको नाममा नेपालीलाई विदेश पठाउने चलखेल रोकिएको भन्दै सचिव पाण्डेले शरणार्थीको नाममा उठाएको पैसा फिर्ता गर्नु परेपछि विचौलियाले प्रतिशोधको रुपमा आफ्नो नाम मुछेको दाबी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग सम्पर्क भएको विषय पटक पटक स्वीकार्दै उनले गृह मन्त्रालय राजनीतिक प्रकृतिको र जनसम्पर्क हुने मन्त्रालय भएकाले विभिन्न व्यक्तिहरुसँगको सम्पर्कलाई अन्यथा लिन नहुने बयान दिएका छन् ।

‘सूचना, गुप्तचरी र अनुसन्धानकै क्रममा निजसँग सम्पर्क भएको, प्राप्त सूचना र सम्पर्कको राजनीतिक नेतृत्वलाई समय–समयमा जानकारी गराउने गरेको थिएँ’ उनले बयानमा भनेका छन्, ‘प्राप्त सूचना समेतको आधारमा भुटानी शरणार्थीको समस्या माथिको विकृतिजन्य अवस्थाको अन्त्य गर्न नेपाल सरकार र गृह मन्त्रालयबाट आवश्यक निर्णय भएको थियो ।

उनले रकम लेनदेनको उद्देश्यले सम्पर्क स्थापित नगरेको दाबी गरेका छन् । आफू नयाँ दिल्लीमा उपचारमा जाँदा मोवाइल बिग्रेकाले डाटा हराएको दाबी समेत गरेका छन् ।

प्रहरी उच्च स्रोतले उपलब्ध गराएको बयानको संक्षिप्त अंश :  केशवप्रसाद दुलालबाहेक कसैसँग पनि मेरो चिनाजान र सम्पर्क छैन ।

शरणार्थीसम्बन्धी प्रतिवेदन मेरो कार्यकालमा तयार भएको होइन ।

मेरो कार्यकालभन्दा पहिले नै प्रतिवेदन तयार भएको हो । प्रतिवेदनमा शरणार्थीको नाममा व्यक्तिको नामावली समावेश भएकाले त्यतिबेला नै लेनदेनको काम भएको हो ।

म कार्यरत रहँदाको समयमा परिचय पत्रहरु वितरण गर्ने कार्य भएन, शरणार्थी सम्बन्धी कार्य मन्त्रालयको स्थानीय प्रशासन शाखाले गर्दछ ।

शरणार्थीको नाममा हुने अवैध चलखेल प्रति सचेत रहन शरणार्थी इकाई झापा र जिल्ला प्रशासन कार्यालय झापावाट सूचना तथा विज्ञप्ति जारी भएको थियो ।

गृह मन्त्रालय राजनीतिक प्रकृतिको तथा जनसम्पर्क मन्त्रालय भएकाले राजनीतिक रुपमा, व्यक्तिगत रुपमा र सुरक्षा तथा गुप्तचरी प्रक्रियाबाट सम्पर्क गर्ने तथा थप सूचना लिनुपर्ने हुन्छ । त्यसक्रममा कतिपय व्यक्तिसँग सम्पर्क भएको हो ।

उक्त सूचना प्राप्त भएपछि एअरपोर्टका तत्कालीन प्रहरी प्रमुख र प्रहरी महानिरीक्षकसँग समन्वयमा सुन तस्करी नियन्त्रण भएको अभिलेखबाट समेत देख्न सकिन्छ ।

वदनियत राखी आर्थिक लेनदेनको लागि कुनै पनि कुराकानी भएको छैन र कुराकानीमा भनिएजस्तै कुनै पनि प्रकृतिको सहयोग प्रतिवादीलाई गरिएको छैन ।

म लोभिएको, झुक्किएको र कुनै रुपमा पनि संलग्न छैन । अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरुको समूहलाई उपयुक्त समयमा सकभर एकै पटक कानूनको दायरामा ल्याउन तत्कालिन अपराध महाशाखा प्रमुख र प्रहरी महानिरीक्षकसँग छलफल तथा निर्देशन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४