Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनीका नव नियुक्त मन्त्रीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ८ २०८०
  • 2.2K
    SHARES

लुम्बिनी । लुम्बिनी प्रदेशका नव नियुक्त तीन मन्त्रीले सोमबार (आज) पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादीका भण्डारीलाल अहिर र जनमतबाट चन्द्रकेश गुप्तालाई सोमबार नै मन्त्रीमा नियुक्त गर्नु भएको थियो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । स्वास्थ्य मन्त्रीमा खनाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारीलाल र सामाजिक विकासमन्त्रीमा गुप्ताले सपथ लिएका हुन् ।

नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जनता समाजवादीका भण्डारीलाल बाँके क्षेत्र नम्बर २ (१)बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए । तीन जना मन्त्री थपिएसँगै लुम्बिनीमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ ।

लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । ८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा दाङको ३ (१)बाट निर्वाचित नेपाली कांग्रेसका चौधरी गत वैशाख १४ मा मुख्यमन्त्री बन्नु भएको थियो । गठबन्धनमा सहभागी दलहरुबीच मन्त्रालय भागवण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४