Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाख्मत शहर कब्जामा आएको भन्दै रुसमा उत्सव, जेलेन्स्कीले भने गरे अस्वीकार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ८ २०८०
  • 3.7K
    SHARES

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गरिरहेको बेला उता रुसले भने बाख्मत कब्जा गरेको उपलक्ष्यमा उत्सव मनाइएको छ ।

वागनर समूहले बाख्मतका सवै सडक र बस्तीहरुमा रुसी झण्डा फहराएको निश्चित भएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लडाकुहरुलाई बधाई दिँदै उत्सवका लागि आह्वान गर्नुभएको हो ।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा युक्रेनी सेनाका शव बाहेक अरु कसैको उपस्थिति नरहेको दाबी गरेका छन् ।

आफ्ना लडाकुहरु घर घरमा पुगेको भन्दै उनले एक जना पनि युक्रेनी सैनिक वा लडाकु त्यहाँ फेला नपारेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने आइतबार जापामा जी सेभेन-सम्मेलनका क्रममा बाख्मत शहर रुसको कब्जामा नगएको दाबी गर्नुभएको थियो ।

जेलेन्स्कीले बाख्मत पूर्ण रुपमा ध्वस्त भएको भन्दै त्यहाँ केही पनि बाँकी नरहेको स्वीकार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४