Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्क्ली शरणार्थी प्रकरणमा पूर्व सभासद शेर्पासँग आज पनि बयान लिइने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ४ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग बिहीबार पनि बयान लिइँदैछ ।

बुधबार बयान नसकिएकाले बिहीबार पनि लिन लागिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको हो । शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नपोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो । प्रकरणमा पक्राउ परेकाहरूमध्ये अहिलेसम्म १३ जनाको बयान सकिएको छ ।

बिहिबार शेर्पाको पनि बयान सकिएपछि छानविन प्रतिवेदन तयार पारेर सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । अभियुक्तहरुविरुद्ध कम्तिमा ५ मुद्दा आकर्षित हुनेछ । प्रहरीले संगठित अपराध, ठगी, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी कसुर र भ्रष्टाचार कसुरमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।

पछिल्लो सयम जिल्ला सरकारी वलिकको कार्यालयबाटै राज्यविरुद्धको कसुरमा पनि मुद्दा चलाउन निर्देशन आएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४