Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दासढुंगा हत्याकाण्डको ३० वर्ष पूरा, मदन भण्डारी र जिवराज आश्रितको हत्या अझैपनि रहस्यमै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३ २०८०
  • 4.7K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ ।

२०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको दासढुंगामा भएको जीप दूर्घटनामा मदन–आश्रितको निधन भएको थियो । जीपका चालक अमर लामा सकुशल रहेर नेताद्वयको मृत्यु भएको उक्त घटना अहिले पनि रहस्यमय नै छ ।

घटनाका एक मात्र सबुत चालक अमर लामाको पनि माओवादी द्वन्दकालका क्रममा २०६० सालमा कीर्तिपुरमा दिनदहाडै हत्या भएपछि मदन–आश्रित दूर्घटना सधैं रहस्यमै रहने अवस्था बनेको हो ।

यस बीचमा नेकपा एमालेकै नेतृत्वमा थुप्रै सरकार बन्ने र मदन भण्डारीकै पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति बन्दा पनि उक्त घटना पुनः छानविन गरिएन । यसैबीच, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले आज छुट्टाछुट्दै रुपमा मदन–आश्रित स्मृति दिवस मनाउने भएका छन् ।

मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको वहुदलिय जनवाद (जबज) लाई नेकपा एमालेले पार्टीको मार्गदर्शन सिद्धान्तका रुपमा अंगीकार गर्दे आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४