Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रायमाझी र खाँणसँग आज पनि बयान लिइँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार पनि बयान लिइने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लिएको बयान नसकिएपछि दुवै जनासँग मंगलबार पनि बयान लिइने छ । खाँणसंग सोमबार लिएको बयान नसकिएपछि आज पुनः बयान लिएर आजै साँझसम्ममा फाइल तयार गर्न प्रहरीलाई भनिएको छ ।

यस्तै रायमाझीसंग पनि सोमबार प्रारम्भिक बयान लिइएको छ । रायमाझीले सोमबारनै बयान सक्न चाहेकोमा खाँणको बयान बाँकी रहेकाले आज एकै पटक बयान सकेर फाइल गरिने बुझिएको छ ।

रायमाझी गत आइतबार राती पक्राउ परेका हुन । भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वयसहित १३ जना अहिले प्रहरी हिरासतमा रहेका छन् । रायमाझीलाई गत बैशाख २० मा पक्राउ पुर्जि जारी गरिएकोमा उनी फरार भएका थिए ।

उनका छोरा सन्दिपलाई पनि यो प्रकरणमा बैशाख २० नै पक्राउ पुर्जि जारी गरिएकोमा उनी भने त्यतिबेलै पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४