Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्छ : अर्थविद् डा.स्वर्णिम वाग्ले


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धि बहस कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका हुन् ।

अपराध करार गर्ने भन्दा पनि ती पात्रलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अब नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकी रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यक्ता औँल्याए । उनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारेका छन् ।

सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दुतावासको चासो रहनु स्वभाविकै हुने पनि बताएका छन्  । सांसद डा. स्वर्णिम वाग्लेले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तराष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रुपमा लिनुपर्ने बताएका हुन् ।

‘अब युएनसिएचआरको संलग्नता हुन्छ नै संयुक्त राष्ट्र संघको मातहत भएको हुनाले पनि,’ उनले भने, ‘अमेरिकामा १ लाख १० हजार भुटानी शरणार्थी भएको हुनाले त्यहाँ पुनर्वासका लागि गएको हुनाले त्यहाँको विदेशमन्त्री, यहाँको स्थानीय राजदुतको चासो चाँही रहला नै । अहिलेलाई मेरो बुझाईमा चाँही विशुद्ध नेपाल प्रहरीको ६० दिने अनुसन्धानको क्रममा छ ।

अनुसन्धान ¥यापअप हुन अब ७-८ दिन बाँकी छ । अहिलेको हामी सबैले ध्यान दिनुपर्ने विषय चाँही यो नाम आएकाहरु, पोलिएकाहरुलाई कम्तिमा सोधखोजका लागि चाँही ल्याउनु प¥यो । अहिले नै अपराधी करार गर्ने होइन । तर नाम आईसकेपछि कम्तीमा पनि त्यो सोधखोजका लागि पनि ती नाम आएका पात्रहरु लिएर आउनु पर्छ । र, हाम्रो बल पनि त्यतैतिर हुनुपर्छ भन्ने लाग्छ ।

सांसद डा.स्वर्णिम वाग्लेले भ्रष्टाचारको स्वरुप बदलिएर पैसाबाट सेयर हुँदै अहिले सुन र हिरामा परिणत भएको स्मरण गराएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४