Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा पुगेन टोपबहादुर रायमाझी पक्राउ परेको सूचना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १ २०८०
  • 2.1K
    SHARES

काठमाडौं। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्।

आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

‘सूचना प्राप्त भएपछि प्रतिनिधिसभामा सुनाइन्छ’ प्रवक्ता गिरीले भने। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसदमा त्यसबारे सूचना दिनुपर्ने हुन्छ।

‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ’ नियमावलीको नियम २४८ मा छ ।

संविधानको धारा १०३ मा संसदमा बोलेको विषयका कारण सांसद पक्राउ पर्न नसक्ने तर फौजदारी अभियोग लागेको खण्डमा भने पक्राउ गर्न बाधा नपर्ने व्यवस्था छ ।

‘त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ’ संविधानको धारा १०३ को उपधारा ६ मा उल्लेख छ।

सांसद टोपबहादुर रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई रायमाझी पक्राउ परेको सूचना नदिएका कारण सोमबार प्रतिनिधिसभामा उनी पक्राउ परेको सूचना सुनाउने विषय कार्यसूचीमा परेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४