Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागलुङको बरेङमा युनाइटेडको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ६ सय ५० ले स्वास्थ्य सेवा लिए


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १ २०८०
  • 2.3K
    SHARES

पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बरेङ गाँउपालिका बाग्लुङको ब्यवस्थापनमा बरेङ स्थित सर्वोदय माध्यामिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा उक्त क्षेत्रका ६ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन ।

स्थापना कालदेखी पोखराको अमरसिंहचौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लबले प्रत्येक वर्ष आफ्नो उद्देश्य अनुसार बिकट गाँउ बस्तीहरुमा पुगी निशुल्क रुपमा बृहत स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ ।

सोही अनुरुप बरेङ गाँउपालिकामा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो । स्वास्थ्य शिविरको उद्घाटन गर्दै बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले युनाइटेड क्लब पोखराले पोखरा देखी टाढा गुल्मीको सिमानमा रहेको बाग्लुङको दुर्गम गाँउ बरेङमा आइ निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी उक्त क्षेत्रमा रहेको जेष्ठ नागरिक, अपाङ्ग, निम्न आयस्तर भएका नागरिकहरुलाई राहत प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे ।

सो अवसरमा वोल्दै बरेङ गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरसेङ पुनले दुरदराजमा रहेको बरेङ गाँउमा आएर युनाइटेड क्लबले आफ्नो क्षेत्रमा रहेको नागरिकहरुको स्वास्थ्य प्रति देखाएको चासोको प्रशंसा गर्दै युनाइटेड क्लव प्रति आभार प्रकट गरे ।

त्यस्तै शिविरमा सहभागी डाक्टर सरोज पोख्रेलले बरेङ गाँउमा युनाइटेड क्लबको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरी त्यहांको नागरिकहरुलाई स्वास्थ्य प्रति सचेत गराउने र रोगको पहिचान गराउने काम गरेकोमा धन्यवाद ब्यक्त गरे ।

युनाइटेड क्लबका कार्यसमिति सदस्य तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमका संयोजक जयराम आचार्यले युनाइटेड क्लबले प्रत्येक वर्ष दुर दराजमा रहेको ग्रामीण भेगका जनताहरुलाई लक्षित गरी निःशुल्क रुपमा बृहत स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको र सोही अनुरुप बाग्लुङको दक्षिण पश्चिममा रहेको गुल्मी संग सिमाना जोडिएको बरेङ गांउमा शिविरको आयोजना गरिएको वताए ।

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।

स्वास्थ शिविरमा नाक, कान, घाटी, हाडजोर्नी, मुटु, छाती, पेट, स्त्रीरोग, सुगर, थाइराईड लगाएतका रोगहरुको परीक्षण सहित भिडियो एक्स रे, इसिजी, रगत तथा पिसाव परीक्षण समेत गरिएको थियो । शिविरमा डाक्टर नारायण ओझा, डाक्टर सरोज पोख्रेल, डाक्टर झपिन्द्र पोख्रेल, डाक्टर आनन्द भट्टराइ, डाक्टर आकाशमणी भण्डारी, डाक्टर सुस्मित काफ्ले, डाक्टर मिलन तिवारी, डाक्टर रितिका अधिकारी, डाक्टर ऋषि थापा, डाक्टर ऋषिका चन्द, डाक्टर रजनी राना मगर, डाक्टर पदम बहादुर पुन र प्राविधीकहरु सृजना भट्टराई, विद्या गुरुङ, ईश्वर शर्मा, शान्तिदेवी पौडेल, सन्दीप केसी लगायतले सहजीकरण गरेका थिए ।

सो अवसरमा बागलुङको बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोट र वडा नं. २ हुग्दिशिर संगै छिमेकी जिल्ला गुल्मीको कालीगण्डकी गाँउपालिकाका ग्रामीण बस्तीहरु धुँवाखोला लगायतका नागरिकहरुले स्वास्थ्य लाभ लिएका थिए ।

शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. पोखरा–११ रानीपौवा, नरहरी पोलिक्लनिक डाइग्नेष्टिक सेन्टर प्रा.लि. रामबजार र एरो फर्मासिटिकल्स प्रालिको प्राविधीक सहयोग रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४